मलंगवा बजार क्षेत्रमा १५ घण्टाका लागि कर्फ्यू जारी

नेपालभ्युज

मलंगवा बजार क्षेत्रमा १५ घण्टाका लागि कर्फ्यू जारी

सर्लाही। कृष्ण जन्माष्टमीको पूजापछि मूर्ति विसर्जनको विषयमा भएको झडपका कारण स्थिति तनावग्रस्त बनेपछि सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले शनिबार साँझ ५ देखि आइतबार बिहान ८ बजेसम्म मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मलंगवाको स्थिति तनावग्रस्त बनेको र नियन्त्रण बाहिर जान सक्ने भएपछि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू जारी गरेसँगै बजार क्षेत्रमा व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कृष्ण जन्माष्टमी पूजापछि मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप थियो। जसका कारण विवाद बढ्दै गएपछि गएराति बल प्रयोग गर्नुपरेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउन्ड अश्रुग्यास र एक राउन्ड हवाइ फायर गरेको थियो।

मलंगवा बजार क्षेत्रमा बिहानैदेखि विरोध प्रदर्शन शुरू भएको थियो। फेरि झडपको स्थिति आउने सक्ने देखिएपछि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved