नेपालले कोदो विदेशमा निर्यात गर्न सके मात्र कृषिक्रान्ति सफल हुन्छ : कृषिमन्त्री भुसाल

नेपालभ्युज

नेपालले कोदो विदेशमा निर्यात गर्न सके मात्र कृषिक्रान्ति सफल हुन्छ : कृषिमन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाएर विदेश निर्यात गर्न सके मात्र देशमा कृषि क्रान्ति सफल हुने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको पहाडी भू-भाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । उनले बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न आग्रह गए ।

मन्त्री भुसालले सरकारले पनि कोदो उत्पादनलाई बढावा दिनेगरी काम गरिरहेको उल्लेख गरे । उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको उल्लेख गरे । उनले समाजमा खानपानमा आएको परिवर्तनसँगै अस्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरूले रुचि राखिरहेको बताए ।

खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने कृषिमन्त्री भुसालले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved