एकीकृत समाजवादीले एमसीसी अनुगमन समिति बनाउने, संयोजकमा पाण्डे

नेपालभ्युज

एकीकृत समाजवादीले एमसीसी अनुगमन समिति बनाउने, संयोजकमा पाण्डे

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले एमसीसी परियोजनाको निरीक्षणका लागि ५ सदस्यीय एमसीसी अनुगमन समिति बनाउने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अनुगमन समितिको संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे रहने बताए । यस्तै सदस्यमा उपमहासचिव डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, पार्टी सचिव गरिमा शाह, विषय विज्ञ एकजना राख्ने निर्णय भएको उनले बताए ।

उक्त पार्टीले १२ बुँदे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ । ‘नेपालमा अहिले एमसीसी कार्यान्वयनको चरणमा छ । एमसीसीको बारेमा पार्टीले स्पष्ट धारणा विगतमा राखेको थियो । व्याख्यात्मक घोषणाका १२ बुँदाहरु अंग बनाएर मात्रै एमसीसी पारित गर्नुपर्छ भन्ने हाम्रो माग थियो’ पाण्डेले भने, ‘देशको साझा मागलाई एकातिर पन्छाउँदै एमसीसी कार्यान्वयन हुन लागिरहेको आजको घटनाक्रम देखिरहेका छौँ ।’

उनले पार्टी आजपनि व्याख्यात्मक घोषणालाई अंग बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved