सरकारले चुच्चे नक्साबारे चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : एमाले सचेतक

नेपालभ्युज

सरकारले चुच्चे नक्साबारे चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : एमाले सचेतक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले नेपालको चुच्चे नक्साबारे चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

बर्तौलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले नेपाल सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई कूटनीतिक नोट पठाउनुपर्ने बताएका हुन् ।

सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले भने, ‘हामीलाई एक इन्च पनि कसैको जमिन चाहिँदैन । कसैलाई छोड्दैनौं पनि । यही मान्यताबमोजिम हामी आज पनि यसमा उभिएका छौं । जहाँसम्म चीनले नेपालको नक्सा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्सा गायव गरेर राख्यो । यस सन्दर्भमा नेपाल सरकारले अबिलम्व चाईनाको सरकारलाई यस विषयमा कूटनीतिक नोट पठाओस् ।’

सचेतक बर्तौलाले नेपालको भुगोलबारे अन्यथा टिप्पणी गर्ने अधिकार अरु राष्ट्रलाई नभएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved