संसद्‍मा एमाले सचेतकले भने- कोरोना बिमाको रकम तत्काल उपलब्ध हुनुपर्छ

नेपालभ्युज

संसद्‍मा एमाले सचेतकले भने- कोरोना बिमाको रकम तत्काल उपलब्ध हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका बिमितहरुको रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सरकारले बिमावापतको करिब ११ अर्ब रुपैयाँ रकम उपलब्ध गराउन चासो नदिएको उनको आरोप थियो ।

उनले उक्त रकम उपलब्ध गराउन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने पनि बताए ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सचेतक बर्ताैलाले सरकारले नागरिक सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोपसमेत लगाए ।

सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोबर तालको तत्काल सफाइ गर्न पनि सरकारलाई दबाब दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved