जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको नेपालमा बिक्री वितरण सुरु

नेपालभ्युज

जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभीको नेपालमा बिक्री वितरण सुरु

काठमाडौं। भी.जी इम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारी साधनको आधिकारिक वितरकले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जी.डब्लु.एमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा ४८ KWh को ब्याट्रीको साथ 400 KMS को प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरूमध्ये एक हो जसले ANCAP र EURONCAP दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ ।

ओरा ०३ मा सिक्स ओमनिडायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यु क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदिजस्ता सुरक्षाका सुविधाहरू छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved