यूक्रेन–रुस युद्ध

पिस्कोभको आक्रमण रुसभित्रबाट नै भएको हो: युक्रेनी गुप्तचर प्रमुख

नेपालभ्युज

पिस्कोभको आक्रमण रुसभित्रबाट नै भएको हो: युक्रेनी गुप्तचर प्रमुख

काठमाडौं। युक्रेनी सेनाका गुप्तचर प्रमुखले रुसी सहर पिस्कोभमा भएको ड्रोन आक्रमण रुस भित्रबाटै भएको बताएका छन्।

अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीका अनुसार किरिलो बुडानोभले दुई इलुसिन कार्गो विमान नष्ट गरेको जानकारी गराएका हुन्। रुसले भने ४ विमानमा क्षति भएको बताएको छ।

बुडानोभले सो आक्रमण यूक्रेनी वा रुसी पक्षबाट भएको विषयमा भने प्रकाश पारेनन्। यूक्रेनले दिनहुँ रुसमा ड्रोन आक्रमण गरिरहेको छ। यूक्रेनले पिस्कोभको विमानस्थलमा भएको ड्रोन आक्रमणलाई स्वीकारेको छ।

तर, बुडानोभको भनाइअनुरुप सो आक्रमणमा लामो दूरीको हतियार प्रयोग नभएको बुझिएको छ। बिहीबार राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले यूक्रेनमा बनेको हतियारले ७०० किलोमिटरको दूरीमा निशाना लगाएको जानकारी गराएका थिए। यूक्रेनको बोर्डरबाट पिस्कोभ भने ५०० किलोमिटर दूरीमा छ।

बिहीबार रातभर रुसको विभिन्न क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। यसले शुक्रबार बिहानको मोस्को विमानस्थलबाट उड्ने विमानहरुको उडानमा प्रभावित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved