मेजर पण्डित बेपत्ता घटना : श्रीमतीसँग कुरा भएलगतै गरेका थिए मोबाइल अफ

नेपालभ्युज

मेजर पण्डित बेपत्ता घटना : श्रीमतीसँग कुरा भएलगतै गरेका थिए मोबाइल अफ

काठमाडौं। आइतबार अपराह्नदेखि बेपत्ता नन्द बक्स गुल्म, डोल्पाका मेजर विमल पण्डितको एकसाता भइसक्दा कुनै अत्तोपत्तो छैन।

सोमबारदेखि सेना, प्रहरी र स्थानीयले खोज्दा पनि मेजर फेला पर्न सकेका छैनन्। सेनाले मेजर पण्डितको खोजी तीव्र पारेको छ। डोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्लाबाट सम्भावित ठाउँमा खोजी भइरहेको छ ।

सैन्य स्रोतले भन्यो, ‘‘उनको खोजीमा सात वटा टोली ‘मुभ’ भएको छ। तर, अझै फेला पार्न सकिएको छैन।’’

आइतबार उनी ब्यारेकबाट निस्केपछि सदरमुकाम दुनैको एक पसलेसँग पैसा लिएर भाडाको गाडीमा त्रिपुरासुन्दरी गएको बताइएको थियो।

मेजर पण्डितले आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज, आज म एक्लै जान्छु’ भनेर फर्काएका थिए। त्रिपुरा सेनाको ब्यारेकबाट झन्डै एक घण्टाको दूरीमा पर्दछ।

नन्दबक्स ब्यारेकका मेजर सम्पर्कविहीन, चुँगार्डको एक पसलमा मागेका थिए डोरी

पण्डित आइतबार अपराह्न साढे ४ बजे इभिनिङ वाकका लागि भन्दै ब्यारेकबाट निस्किएका थिए । त्यसअघि काठमाडौंमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए। कुराकानीलगतै उनको मोबाइल स्वीचअफ भएको थियो।

मेजर पण्डितले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको बताइएको छ । मेजर पण्डित हराएको विषयलाई घरायसी लफडासँग पनि जोडेर हेर्न थालिएको छ ।

हराएको अवस्था, घरायसी सम्बन्ध र उनको व्यक्तिगत आचरणलाई विश्लेषण गर्दै सेनाका अधिकृतले पण्डित केही दिनमा भेटिने आशा राखेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved