अनुहारको कालो दाग हटाउने घरेलु ‘मास्क’

नेपालभ्युज

अनुहारको कालो दाग हटाउने घरेलु ‘मास्क’

एजेन्सी । अनुहारको रोम छिद्रमा देखिने स–सनो कालो दाग धेरैका लागि चिन्ताको बिषय बन्ने गर्छ । हुनपनि यसले अनुहारलाई नराम्रो बनाउँछ ।

यसबाट छुटकारा पाउन कतिले महंगो कस्मेटिक्स पनि प्रयोग गर्छन् । तर, अनुहारको रोमछिद्रमा जमेको फोहोर निकाल्न घरेलु विधि प्रभावकारी हुन्छ, जो हामीले यहाँ बताउनेछौं ।

दालचिनी र मह

मह एक यस्तो प्राकृतिक एन्टिसेप्टिक हो, जसले छालाको छिद्रमा रहेको फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ । १ ठूलो चम्चा मह र आधा चम्चा सानो दालचिनी मिलाउनुहोस । आफ्नो औंलाले बिस्तारै यसलाई अनुहारमा लगाउनुहोस । ३ मिनेटसम्म गोलाकार रुपमा मसाज गरेर मनतातो पानीले धुनुहोस ।

मुलतानी माटोको फेस प्याक

मुलतानी माटो कस्मेटिक्स पसलमा सजिलै उपलब्ध हुन्छ । यसमा तेलयुक्त छिद्र सुकाउने र अनावश्यक अवशेषलाई निकाल्ने बिशेष गुण हुन्छ । एक ठूलो मुलतानी माटोमा स्याउको रस मिसाएर एक मिश्रण तयार गर्नुहोस । यसलाई आफ्नो अनुहारमा लगाएर १५ मिनेटसम्म त्यसलाई सुख्खा हुन दिनुहोस अनि मनतातो पानीले अनुहार धुनुहोस ।

मेथीको लेप

मेथीको पातलाई पानीमा पिसेर एक घोल तयार गर्नुहोस । मेथीमा पाइने अन्य गुणका साथसाथै यसमा ब्ल्याकहेड्स निकाल्ने गुण पनि हुन्छ । यस घोललाई अनुहारमा लगाएर १० मिनेट राख्ने अनि मनतातो पानीले सफा गर्दा फाइदा पुग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved