मन्त्री किराती भन्छन्- सुशासनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ

नेपालभ्युज

मन्त्री किराती भन्छन्- सुशासनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ
फाइल फोटो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएकाले त्यसको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको तर्क गरेका हुन् ।

उनले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै गर्नुपर्ने बताए ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै उनले नयाँ ऐन, कानूनहरु निर्माणको चरणमा रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved