बिग मार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट

नेपालभ्युज

बिग मार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५% सम्म छुट

काठमाडौं। स्मार्ट क्यूआरले बिगमार्टसँग पुन: सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।

उक्त छुट अफरअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस छुटअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एपमार्फत ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, स्मार्ट क्यूआर र नेपाल पे क्यूआरको अन्तर आबद्धता पुन: सुरु भएसँगै नेपाल पेमा आबद्ध भई स्मार्ट क्यूआर मा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरूले पनि छुट प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved