सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, अनुसन्धानको लागि सिआइबीका एसएसपी हङकङमा

सुन तस्करी प्रकरणमा थप एक पक्राउ परेका छन्। पाल्पा घर भएका गणेश पौडेललाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए।

नेपालभ्युज

सुन तस्करी प्रकरण : थप एक जना पक्राउ, अनुसन्धानको लागि सिआइबीका एसएसपी हङकङमा

काठमाडौं। सुन तस्करी प्रकरणमा थप एक पक्राउ परेका छन्। पाल्पा घर भएका गणेश पौडेललाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २४ जना पुगेको छ। उनीहरूलाई न्यायिक हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ। तर हालसम्म प्रहरी मुख्य व्यक्तिसम्म पुग्न सकेको छैन।

यही प्रकरणमा अनुसन्धानकै क्रममा सीआईबीका एक अधिकृत हङकङ पुगेका छन्। थप अनुसन्धानका लागि सीआईबीका एसएसपी दिनेश आचार्य गतराति हङकङ गएका हुन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागले समातेको ब्रेक सुसहितको सुन हङकङबाट ल्याइएको थियो। यो तस्करीमा संलग्न नेपालीबाहेक अधिकांश चिनियाँ नागरिक भएकाले थप अनुसन्धान तथा सूचना संकलनका लागि एसएसपी आचार्य हङकङ गएका हुन्।

यसअघि प्रहरीले विदेशी नागरिकहरूको संलग्नता देखिएपछि इन्टरपोललाई पत्राचारसमेत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved