सेयर बजार २ अंकले घट्यो, कारोबार रकममा देखियो सुधार 

नेपालभ्युज

सेयर बजार २ अंकले घट्यो, कारोबार रकममा देखियो सुधार 

काठमाडौं । साताको चौथो दिन आज सेयर बजार २ अंकले घटेको छ । बुधबार २ दशमलव ८२ अंकले घटेर सेयर बजार परिसूचक १९९० दशमलव ५९ विन्दुमा झरेको हो ।

सेयर बजार घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आज २७६ कम्पनीको सेयर खरिद बिक्री भएको छ । जसमध्ये ३८ लाख ३ हजार २४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव १३ अंकले घटेर ३८१ दशमलव ७१ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved