चन्द्रयान–३ ल्यान्डरको डिजाइनर र इसरोका वैज्ञानिक भनेर अन्तरवार्ता दिँदै हिँड्ने व्यक्ति पक्राउ

नेपालभ्युज

चन्द्रयान–३ ल्यान्डरको डिजाइनर र इसरोका वैज्ञानिक भनेर अन्तरवार्ता दिँदै हिँड्ने व्यक्ति पक्राउ

नयादिल्ली। गुजरातको सुरत सहरमा प्रहरीले  इसरोका नक्कली वैज्ञानिकलाई  पक्राउ गरेको छ ।  समाचार एजेन्सी पिटिआईका अनुसार मितुल त्रिवेदी नामका यी व्यक्तिले आफूलाई इसरो वैज्ञानिक बताउँदै चन्द्रयान–३ को ल्यान्डर मोड्युल आफूले डिजाइन गरेको भनेर मिडियालाई अन्तरवार्ता दिइरहेका थिए ।

प्रहरी अधिकारीका अनुसार  २३ अगस्टमा चन्द्रयान–३ ले चन्द्रमामा सफ्ट ल्यान्डिङ गरेपछि मितुलले मिडियालाई अन्तरवार्ता दिन थालेका थिए ।

यी अन्तर्वार्तापछि उनीविरुद्ध उजुरी परेको थियो । मितुलले आफूलाई इसरोको सहायक अध्यक्ष बताउँदै मानिसहरूलाई यससँग सम्बन्धित नक्कली नियुक्ति पत्र पनि देखाएका थिए ।

प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ – अनुसन्धानबाट यी व्यक्तिको चन्द्रयान–३ वा इसरोसँग कुनै सम्बन्ध नभएको र गरिएको दाबी झुटो भएको खुलासा भएको छ । प्रहरीका अनुसार मितुलले मानिसहरूलाई इसरोसँग सम्बन्धित नक्कली सन्देश पठाउने गर्दथे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved