एजेन्सी । महिलाहरु आफ्नो छालामा चमक ल्याउनका लागि कैयौं प्रकारका सौन्दर्य उत्पादनहरु प्रयोग गरिरहेका हुन्छन् ।
यसरी विभिन्न बाहिरका उत्पादन प्रयोग गर्नु भन्दा तपाईं नुहाउनु अघि घरमै केही फेस मास्क बनाएर लगाउन पनि सक्नुहुन्छ । जसले अनुहार चम्किलो हुनेछ ।
एलोवेरा फेस मास्क
यो छालाका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई तपाईं नुहाउनुअघि लगाउन सक्नुहुन्छ । यसलाई घरमै सजिलै बनाउन पनि सकिन्छ ।
यसका लागि एलोवेरा जेलमा भिटामिन ईको क्याप्सुल मिलाउनुहोस् । अब यसलाई अनुहार तथा घाँटीमा लगाउनुहोस् । केहीबेर राखेपछि अनुहारलाई धुनुहोस् ।
काँक्राको प्रयोग
छालालाई प्राकृतिक रुपमा निखार ल्याउनका लागि काँक्रा पनि राम्रो विकल्प हुन्छ । यसको मास्क लगाएर पनि छालालाई हाइड्रेट राख्न सकिन्छ । यसका लागि काँक्राको रस निकाल्नुहोस् र कपासको सहयोगले अनुहार तथा घाँटीको भागमा लगाउनुहोस् । १५ मिनेट लगाएपछि अनुहार धुनुहोस् वा नुहाउन अघि प्रयोग गर्नुहोस् ।
बेसार र दुध
यसको प्रयोगले छालामा आउने घाउखटिराबाट मुक्ती पाइन्छ । बेसारमा एन्टीअक्सीडेन्ट गुण हुन्छ जो छालालाई स्वस्थ राख्ने काम गर्छ ।
यसलाई बनाउनका लागि एक चम्चा दुधमा एक चिम्टी बेसार मिसाउनुहोस् । अब यसलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस् । १५ देखि २० मिनेट राखेपछि यसलाई सादा पानीले धुनुहोस् । तपाईंले चाहनुभयो भने यसलाई टोनरको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।
नुहाउनु अघि यी मास्कहरुको प्रयोग गरेर तपाईं पनि आफ्नो छालामा चमक बढाउन सक्नुहुन्छ । साथै विभिन्न संक्रमण तथा छालामा हुने समस्याबाट पनि छुट्कारा पाउनका लागि यी मास्कहरु एकदमै उपयोगी छन् ।
Facebook Comment
Comment