चीन जाने पर्यटकका लागि अगस्ट ३० देखि कोरोना परीक्षण अनिवार्य नहुने

नेपालभ्युज

चीन जाने पर्यटकका लागि अगस्ट ३० देखि कोरोना परीक्षण अनिवार्य नहुने

बेइजिङ। अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरूका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नुनपर्ने भएको छ ।  सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चीन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताएका हुन् ।

२०१९ को डिसेम्बरमा चीनमा पहिलोपटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखापरेको थियो । चीनपछि विस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरूको निधन भएको थियो भने अर्बौं मानिसहरू संक्रमित भएका थिए ।

२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरूमा अहिले पनि देखा पर्दै आइरहेको छ । सोमबार पत्रकार सम्मेलनमा उनले अगस्ट ३०, २०१९ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved