जिम्बाब्वेको राष्ट्रपतिमा मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

नेपालभ्युज

जिम्बाब्वेको राष्ट्रपतिमा मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी। जिम्बाब्वेको राष्ट्रपतिमा इमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष) का लागि पुनः निर्वाचित भएका जिम्बाब्वे निर्वाचन आयोग (जेडइसी) ले शनिबार घोषणा गरेको हो ।

जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३-२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्द्वीलाई पराजित गरेको बताए ।

‘धारा ११० को उपदफा ३ को शर्तमा यो घोषणा गर्दछु की ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ । जुन राष्ट्रपतिमा खसेको वैध मतको आधा भन्दा बढी हो । त्यसैले ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुनेगरी जिम्बाब्वे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ,’ उनले भने ।

मनाङ्गाग्वाका प्रमुख प्रतिस्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोग अध्यक्ष चिगुम्बाले जानकारी दिए ।

जिम्बाब्वेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । जिम्बाब्वेका जनताले बुधबार र बिहीबार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए ।

जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ । –सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved