युक्रेनमा हवाई दुर्घटना : प्रख्यात पाइलटसहित तीन जनाको मृत्यु

नेपालभ्युज

युक्रेनमा हवाई दुर्घटना : प्रख्यात पाइलटसहित तीन जनाको मृत्यु

एजेन्सी। युक्रेनमा भएको हवाइ दुर्घटनामा एक प्रख्यात लडाकु पाइलट सहित दुई जनाको मृत्यु भएको छ

। युक्रेनी सेनाले एक विज्ञप्तिमा तीन वायुसेनाको मृत्युलाई अपूरणीय क्षति भएको बताएको छ। दूर्घटनामा चर्चित पाइलटएन्ड्री पिल्सचिको पनि मृत्यु भएको छ ।

रुसले गत वर्ष युक्रेनमाथि आक्रमण गर्दा सयौं क्रुज मिसाइल प्रहार गरेको थियो । उनीहरूलाई बाटोमै रोक्ने जिम्मेवारी पिल्सचाइकोभको थियो।

श्रद्धाञ्जली अर्पण गर्दै युक्रनी सेनाले ‘उनीसँग अथाह ज्ञान र सीप भएको’ बताएको छ । उत्तरी युक्रेनमा उडिरहेका दुई प्रशिक्षार्थी विमान एल-३९ सँग ठोक्किएका थिए। राजधानी कीभको पश्चिममा रहेको जिटोमिर क्षेत्रमा शुक्रबार यो घटना भएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved