लेजर हेयर रिमूवल ट्रीटमेन्टका साइड इफेक्ट्स बारे जानौं

नेपालभ्युज

लेजर हेयर रिमूवल ट्रीटमेन्टका साइड इफेक्ट्स बारे जानौं

एजेन्सी । विगत केही वर्षमा लेजर ट्रीटमेन्ट गरेर शरीरका अनावश्यक रौंहरु निकाल्ने प्रविधि एकदमै चर्चित भइरहेको छ ।

अहिले त घरमै सजिलै प्रयोग गर्न सकिने खालका मेसिनहरु पनि बजारमा उपलब्ध हुन थालिसकेका छन् । यसका फाइदा आफ्नो ठाउँमा छँदैछन् । तर यसका केही साइड इफेक्ट पनि छन् त्यसका बारेमा पनि जान्न एकदमै जरुरी हुन्छ ।

लेजर हेयर रिमुवल एउटा यस्तो ट्रिटमेन्ट हो जसले नचाहेको रौंहरुबाट लामो समयसम्म छुट्कारा पाउन सकिन्छ । कैयौंपटक यो प्रयोग गर्दा छालामा इन्फेक्शन हुने खतरा पनि रहन्छ ।

अनुहारमा यो ट्रिटमेन्ट गरेपछि पिग्मेन्टेशन पहिला भन्दा धेरै देखिन थाल्छ किनकी ट्रीटमेन्टपछि छालाको रंग धेरै सफा र गोरो देखिन्छ । जसले गर्दा दागधब्बाहरु पनि अझै स्पष्टसँग देखिन थाल्छन् ।

लेजर हेयर रिमूवल ट्रिटमेन्टमा मरेका छाला तथा कोषिकाहरु सफा हुन्छन् जसले गर्दा अनुहारका कालो दागहरु स्पष्टसँग देखिन थाल्छन् । जसले गर्दा तपाईंलाई त्यस्ता दाग हटाउने अर्को ट्रिटमेन्ट गर्नुपर्ने अवस्था आउन सक्छ । साथमा यो ट्रिटमेन्टपछि छालामा इरिटेशन तथा छाला रातो हुने समस्या पनि हुन सक्छ ।

कहिलेकाँही लेजर ट्रिटमेन्टपछि छालामा माछाको जस्तो पत्रहरु देखिन थाल्छन् । जो एकदमै नराम्रो देखिन्छ । यसले कहिलेकाँही चिलाउने समस्या पनि हुन सक्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved