गलत सूचना पत्रकारिताको पहिलो पाप हो : पोप फ्रान्सिस

नेपालभ्युज

गलत सूचना पत्रकारिताको पहिलो पाप हो : पोप फ्रान्सिस

भ्याटिकन सिटी । पोप फ्रान्सिसले जनमतलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको ‘भ्रामक सूचना’ र भ्रामक समाचारलाई पत्रकारिताको प्रमुख अपराध को संज्ञा दिएका छन् ।

फ्रान्सिसले इटालियाली पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा भने, ‘गलत सूचना पत्रकारिताको पहिलो पाप र गल्ती हो ।’

एक समझदार सञ्चारक मानिने पोपको अङ्ग्रेजीमा अनुवादित अंशमा पोपले ‘पाप शब्दमा फर्केर सञ्चारमाध्यमको चार कुकर्महरूलाई सूचीबद्ध गरेका छन् ।

‘गलत सूचना, जब पत्रकारिताले नराम्रो तरिकाले सूचित गर्दैन वा सूचित गर्दैन, निन्दा (कहिलेकाहीं पत्रपत्रिकामा यो प्रयोग गरिन्छ), मानहानि, जो निन्दा भन्दा फरक छ तर कसैको सम्मानलाई गर्दछ; र चौथो भ्रष्टचारप्रति लालायित हुनु पत्रकारिताका प्रमुख चार गलत कार्य हुन् ।’

‘उदाहरणका लागि, जनमत निर्माण गर्नका लागि भ्रामक समाचार सम्प्रेषण गर्नेहरूको चलखेलप्रति म चिन्तित छु,’ उनले भने ।

‘विशेषगरी युरोपले युक्रेनमा जारी युद्धसँग जुधिरहेको बेला ‘जिम्मेवारीको पुनर्जागरण’ गर्न आग्रह गर्दछु ।

उनले भने, ‘शान्तिको आवाजलाई स्थान दिन र अन्य द्वन्द्वजस्तै यस (युक्रेन युद्ध) लाई अन्त्य गर्न सवै पक्ष प्रतिबद्ध हुनेछन् भन्नेमा म विश्वस्त छु ।’

विश्वका एक अर्ब ३० करोड क्याथोलिक धर्मावलम्बीको सन् २०१३ मा प्रमुख बनेदेखि नै ८६ वर्षीय फ्रान्सिसले सञ्चारकर्मीसँग व्यापक अन्तरक्रिया गर्दै आएका छन् ।

यसै वर्षको सुरुमा डिज्नी प्लस प्रसारण सेवामा ‘कन्भर्सेसन विथ द पोप’ नामक डकुमेन्ट्री सार्वजनिक गरिएको थियो । सिन्हा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved