एमसीसी परियोजना लागू हुन दिन्नौं : सिपी गजुरेल

नेपालभ्युज

एमसीसी परियोजना लागू हुन दिन्नौं : सिपी गजुरेल

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेसन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भए पनि आफूहरूले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका हुन् । शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरूले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए । उनले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँ-ठाउँमा विरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved