ब्याजदर थप बढाउने तयारीमा अमेरिकी फेड

नेपालभ्युज

ब्याजदर थप बढाउने तयारीमा अमेरिकी फेड

वासिङ्टन । अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले लक्षितभन्दा माथिको मुद्रास्फीतिलाई ‘दिगो रूपमा’ कम गर्न ब्याजदर बढाउन तयार रहेको बताएका छन् ।

वायोमिङमा आयोजित ‘ज्याक्सन होल इकोनोमिक सिम्पोजियम’मा उनले भने, ‘यदि उपयुक्त भएमा हामी ब्याजदर बढाउन तयार छौं र मुद्रास्फीति हाम्रो उद्देश्यतर्फ दिगो रूपमा तल जाँदैछ भन्ने कुरामा हामी विश्वस्त नभएसम्म प्रतिबन्धात्मक स्तरमा नीति कायम राख्नु आवश्यक छ ।’

करिब डेड वर्षको (१८ महिनाभन्दा कम) समयमा ११ पटक ब्याजदर वृद्धि भएपछि अमेरिकी महत्वपूर्ण कर्जा दर अहिले ५.२५ देखि ५.५ प्रतिशतको बीचमा रहेको छ, जुन २२ वर्षयताकै उच्च स्तर हो ।

यद्यपि, ब्याज दर वृद्धिको द्रूत चक्रले मुद्रास्फीतिलाई रोक्न असफल भएको छ, जुन फेडको दुई प्रतिशतको दीर्घकालीन लक्ष्यभन्दा माथि अड्केको छ ।

केन्द्रीय बैंकरहरूको यस वर्षको ‘ज्याक्सन होल रिट्रीट’ले विश्वव्यापी अर्थव्यवस्थामा संरचनात्मक परिवर्तनहरूको परीक्षण गर्ने क्यान्सास सिटी फेडले एक विज्ञप्तिमा जनाएको छ ।

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टीन लेगार्डले शुक्रबार अपराह्न उक्त गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ भने बेलायत र जापानका वरिष्ठ केन्द्रीय बैंकरहरूले शनिबार समूहगत छलफलमा भाग लिनेछन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved