तपाईंले आफ्नो तन्ना कतिपटक धुनुहुन्छ ?

नेपालभ्युज

तपाईंले आफ्नो तन्ना कतिपटक धुनुहुन्छ ?

एजेन्सी । त्यसो त हामीले हरेक दिन आफूले लगाउने कपडा परिवर्तन गर्छौं । सधैं नयाँ तथा सफा लुगा लगाउन नै सबैलाई मन पर्छ ।

त्यसरी नै ओछ्यानमा लगाइएको तन्नालाई पनि परिवर्तन गर्न जरुरी हुन्छ । दैनिक जसो तन्ना परिवर्तन नगरे पनि यसलाई निश्चित समयमा सफा गर्न आवश्यक हुन्छ ।

के तपाईंलाई थाहा छ ? तपाईंको ओछ्यानमा बिछ्याइएको फोहोर तन्नाले कति धेरै रोगहरु उत्पन्न गराउन सक्छ ?

विगत केही वर्षमा गरिएका अध्ययनका अनुसार प्राप्त भएको नतिजा यहाँ प्रस्तुत छ । फोहोर तन्नाको कारणले निमोनिया, अपेंडिसाइटिस तथा गोनोरिया जस्ता कैयौं विमारीहरु हुन सक्छन् ।

जब तपाईं सुत्नुहुन्छ तपाईंको शरीरबाट तरल पदार्थ तथा तेल निस्कन्छ जसले धुलोको कणहरुलाई आकर्षित गर्दछ । फोहोर पदार्थ र धुलोका कणहरु शरीर तथा तपाईंको छालामा एलर्जीका साथै दमको कारण पनि बन्न सक्छन् ।

विशेषज्ञहरुका अनुसार हप्तामा कम्तीमा एकपटक त आफ्नो तन्ना तथा सिरानीका खोलहरु धुने तथा परिवर्तन गर्नु पर्दछ । यदी तपाईं विरामी हुनुहुन्छ वा कुनै स्वास्थ्य समस्याबाट जुधिरहनुभएको छ भने त बेडसिटहरु दैनिक परिवर्तन गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved