स्वार्थी समूहको बिगबिगीले सञ्चारमन्त्री आजित

कानून बनाउनै कठिन भएको स्वीकारोक्ति

नेपालभ्युज

स्वार्थी समूहको बिगबिगीले सञ्चारमन्त्री आजित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा स्वार्थ समूह हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् ।

बिहीबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको बिगबिगी रहेको बताएकी हुन् ।

उनले स्वार्थ समूहका कारण साइबर ऐन तथा सूचनासम्बन्धी विधेयक अहिलेसम्म टुङ्गो लाग्न नसकेको बताएकी हुन् ।

मन्त्रालयमा कुनै एउटा विषयमा कानून बनाउन छलफल सुरु हुनेबित्तिकै विधेयकको सानो अंश बाहिर झिकेर कानूनको अपव्याख्या गर्नेगरेको उनको भनाइ छ ।

उनले कानूनको अपव्याख्या गरिएको भन्दै मन्त्रालयमा बसेर कानून बनाउन नसक्ने भन्ने अवस्था बनाइएकोप्रति दुख व्यक्त गरिन् ।

‘सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरु हुँदा रहेछन् । एउटा कानून बनाउन वा स्वच्छ मनले काम गर्न खोज्यो कहीँकहीँ त्यो कानूनले कसैलाई छोइहाल्दो रहेछ’, उनले भनिन्, ‘त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानूनलाई अपव्याख्या गरेर अर्कै ढङ्गले प्रहार हुन्छ । त्यो प्रहारले सञ्चार मन्त्रालयले कानून बनाउन सकिँदैन भन्ने जस्तो फिल हुन्छ ।’

मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एकपटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढ्ने पनि बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved