मिड सोलु हाइड्रोपावरले गर्‍यो आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

नेपालभ्युज

मिड सोलु हाइड्रोपावरले गर्‍यो आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले बुधबार आइपीओ बाँडफाँट गरेको जनाएको हो ।

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको एक सय रुपैयाँका दरले ७ लाख ४८ हजार चार सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाएको थियो । उक्त सेयरमा ७४ हजार ८४० कित्ता आवेदन परेको थियो । कम्पनीले आवेदन परेको सोही सेयर बाँडफाँट गरेको हो ।

लगानीकर्ताले सेयर बाँडफाँटको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइड www.nicasiacapital.com  मा गएर हेर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved