नेप्से परिसूचक २९ अंकले बढ्यो

नेपालभ्युज

नेप्से परिसूचक २९ अंकले बढ्यो
प्रतीकात्मक तस्वीर

काठमाडौं। बुधबार नेप्से सूचक २९.४७ अंकले  बढेर हजार ४५.४५ अंकको विन्दुमा उक्लिएको छ । ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ४.३० अंकले बढ्दै ३९०.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको हो ।

समग्रमा २९ अंकले बढेको बजारमा आज १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको ४२ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज पनि १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज पनि ९.९९ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फन्डको मूल्य ९.६४ प्रतिशतले बढेको र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको मूल्य ७.४२ प्रतिशतले घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved