यस्ता छन् खुट्टालाई मुलायम बनाउने तरिका

नेपालभ्युज

यस्ता छन् खुट्टालाई मुलायम बनाउने तरिका

एजेन्सी। छाला सुक्खा हुनाले गर्दा खुट्टाहरू सेता तथा रुखो देखिन्छन् । त्यसैले आफ्ना खुट्टाहरूलाई सुन्दर तथा कोमल बनाउनका लागि विभिन्न सजिला उपायहरू अपनाउन सकिन्छ ।

आफ्ना खुट्टालाई मुलायम बनाउन चाहनुहुन्छ भने दैनिक एलोभेरा जेल लगाउनुहोस् । मोइस्चराइजिङ गुणले भरिपूर्ण एलोभेरा जेललाई रातमा सुत्नुअघि खुट्टामा लगाएर सुत्नुहोस् ।

त्यस्तै खुट्टालाई समय समयमा मालिस पनि गर्नुपर्दछ । जसले गर्दा खुट्टा सुन्दर तथा मुलायम देखिन्छन् । त्यसैले नरिवलको तेल, तीलको तेल आदिले खुट्टालाई समय समयमा मालिस गर्नुहोस् ।

नुहाएपछि खुट्टामा गुलाब जल लगाउनाले पनि खुट्टा सुन्दर तथा मुलायम हुन्छन् । त्यसैले, नियमित रूपमा नुहाएपछि खुट्टामा गुलाब जल लगाउनुहोस् ।

मनतातो पानीमा वासनादार तेल तथा फूलका पातहरु राखेर खुट्टालाई केहीबेर डुबाउनुहोस् । त्यसपछि खुट्टामा राम्रो खालको मोइस्चराइजिङ क्रिम लगाउनुहोस् । यसरी खुट्टा मुलायम तथा सुन्दर हुनुका साथै थकान पनि कम हुन्छ ।

दही खाँदा जति स्वास्थ्यलाई फाइदा गर्छ । त्यति नै यो लगाउँदा पनि फाइदाजनक हुन्छ । त्यसैले, दहीले खुट्टालाई मालिस गर्न सकिन्छ । यसलाई १५ देखि २० मिनेट यत्तिकै राख्ने र धुने गर्दा पनि खुट्टा सुक्खा हुनबाट जोगिन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved