भगवती हाइड्रोपावरको आईपीओ निष्कासन, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

नेपालभ्युज

भगवती हाइड्रोपावरको आईपीओ निष्कासन, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागी प्रिमियम मूल्यमा आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

आजबाट आवेदन दिन सक्नेगरी कम्पनीले सर्वसाधारणको लागी आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ । यसको १५ प्रतिशतले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । त्यस्तै ५ प्रतिशत सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत सेयर छुट्टाएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर निष्कासन गरेको छ । सर्वसाधारणले ७ लाख १२ हजार २२० कित्ता शेयरमा मात्र आवेदन दिन सक्नेछन ।

कम्पनीको आइपीओमा इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । आवेदन दिने अवधि भदौ ८ गतेसम्म रहेको छ । यदि सबै शेयर बिक्री नभएमा आवेदन दिने समय भदौ १९ गतेसम्म थप गरिनेछ ।

यस्तै,कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved