सिर्जनशील लघुवित्तको वितरणयोग्य मुनाफा ८६ लाख ७९ हजार, अन्य सूचक कस्ता छन् ?

नेपालभ्युज

सिर्जनशील लघुवित्तको वितरणयोग्य मुनाफा ८६ लाख ७९ हजार, अन्य सूचक कस्ता छन् ?

काठमाडौं। सिर्जनशील लघुवित्त वित्तीय संस्था नाफामा गएको छ । आर्थिक वर्ष २०७९–८० को चौथौ त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको वितरणयोग्य मुनाफा ८६ लाख ७९ हजार रहेको छ ।

आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणको तथ्यांकअनुसार संस्था ४७ लाख ४९ हजार रुपैयाँले घाटामा गएको थियो । तर, आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको विवरणले संस्था १ करोड ११ लाख रुपैयाँको नाफामा गएको देखाएको छ ।

वित्तीय संस्थाको कारोबार, मौज्जात, तरलता र आम्दानीमा गत वर्षको भन्दा वृद्धि भएको देखिएको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी(ईपीएस) १०.१८ कायम रहेको छ भने मूल्य आम्दानी (पीई रेसियो) ११६.६० गुणा रहेको संस्थाको प्रतिसेयर कुल सम्पत्तीको मूल्य २४६६.८२, रहेको तथ्यांकले देखाएको छ । त्यसैगरी, तरलता अनुपात २१.११ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९३.५९ रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ५.११ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल ६.५१ प्रतिशत रहेको थियो । खराब कर्जाका लागि संस्थाले प्रोभिजनका रूपमा २ करोड ८२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।

समीक्षा अवधिसम्म संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ अर्ब १६ करोड रुपैयाँ सापटी लिई २ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.१९ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँमा पुगेको छ ।

संस्थाको खुद ब्याज आम्दानी भने १९.२८ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved