अध्यक्षता गरेरै मुख्यमन्त्रीलाई मत दिँदै मन्सुरी, संविधानविद् भन्छन्- सरकारले मान्यता नै पाउँदैन

नेपालभ्युज

अध्यक्षता गरेरै मुख्यमन्त्रीलाई मत दिँदै मन्सुरी, संविधानविद् भन्छन्- सरकारले मान्यता नै पाउँदैन

विराटनगर । कोशी प्रदेशका सांसद इस्राईल मन्सुरीले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको प्रदेशसभा बैठकको अध्यक्षता गर्दैछन् ।

अध्यक्ष मण्डलका तेस्रो जेष्ठ सदस्य मन्सुरी सत्तारूढ दल नेपाली कांग्रेसका सांसद हुन् । उपसभामुख सृजना दनुवारले बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दिएपछि उनले बैठककै अध्यक्षता गर्ने भएका हुन् ।

बैठकको अध्यक्षता गर्ने उनले मुख्यमन्त्री थापालाई विश्वासको मत पनि दिनेछन् । गठबन्धनले यही निर्णयसमेत गरिसकेका छन् । “गठबन्धनको निर्णयजस्तै नै उहाँले मत पनि हाल्नुहुनेछ,” एक कांग्रेस सांसदले भने ।

तर, यो असंवैधानिक काम हुने संविधानविद्हरू बताउँछन् । संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्, “अध्यक्षता पनि गर्ने र मुख्यमन्त्रीलाई विश्वासको मत पनि दिने पनि भन्ने कुरै मिल्दैन ।”

त्यसअघि उनले भने, “प्रक्रिया मिच्ने काम हो त्यो । त्यो मिल्दै नमिल्ने कुरा हो । संविधानमा प्रष्टरूपमा त्यो यसो हुनु हुँदैन भनेर लेखिएको छ ।”

उनले कोशी प्रदेशको विषय पुन: अदालतसम्मै पुग्नसक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved