जुम्लामा उठ्यो ४७ करोडभन्दा बढी राजस्व

नेपालभ्युज

जुम्लामा उठ्यो ४७ करोडभन्दा बढी राजस्व

जुम्ला। जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रू ४७ करोड बढी राजस्व संकलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य रू ४७ करोड ५६ लाख रहेकामा रू ४७ करोड २६ लाख सङ्कलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।

“यस कार्यालयको राजस्व सङ्कलनको अवस्था राम्रो रहेको छ”, सूचना अधिकारी उपाध्यायले भने, “आव २०७८/७९ को तुलनामा रु. सात करोड बढी राजस्व सङ्कलन भएकोे छ ।” विभिन्न शीर्षकबाट उक्त राजस्व सङ्कलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता सङ्ख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने करिब १२ हजार व्यक्तिगतरूपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा चार करोड ५५ लाख राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा रू चार करोड ५५ लाख राजस्व सङ्कलन भएको जनाएको छ ।

साउनमा रू तीन करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली रू चार करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved