दूध पिउन मन पर्दैन ? समावेश गर्नुहोस् यस्ता खाना

नेपालभ्युज

दूध पिउन मन पर्दैन ? समावेश गर्नुहोस् यस्ता खाना

एजेन्सी । कतिपयलाई दूध पिउन मनपर्छ भने कतिपयलाई मन पर्दैन । दूध पिउनाले शरीरका हड्डीहरू बलियो हुनुको साथै कैयौं बिमारीबाट पनि शरीरको रक्षा गर्छ । कतिपयले दूध स्वाद नमिठो भएर पिउन रुचाउँदैनन् भने कतिपयलाई दूधको एलर्जी पनि हुन सक्छ ।

दूध नपिएर पनि हामी शरीरमा चाहिने क्याल्सियम तथा दूधबाट पाउनेजस्तै भिटामिन तथा मिनरल्सहरूको परिपूर्ति गर्न सकिन्छ । कतिपयलाई दूध बच्चाका लागि मात्र हो जस्तो लाग्छ तर बच्चा ठूला सबैलाई दूधको आवश्यकता हुन्छ ।

तर, कुनै कारणले दूध पिउनुभएको छैन भने दूधको स्थानमा अन्य केही खानेकुराहरू पनि छन् जसलाई खाएर दूध पिएजसरी पोषक तत्त्वहरू शरीरले प्राप्त गर्न सक्छ ।

पनिर

पनिर पोषक तत्वहरूले भरपूर हुन्छ । यसमा सोडियम, क्याल्सियम, प्रोटिन, जिंक र भिटामिन ए पाइन्छ । यसको सेवनले हड्डी बलियो हुनुका साथै रक्तचाप पनि नियन्त्रित रहन्छ । एक सय ग्राम पनीरमा ४२ प्रतिशत क्याल्सियम हुन्छ । यदी तपाईंलाई दूध मन पर्दैन भने खानपानमा पनीरलाई समावेश गर्न सकिन्छ ।

बदाम

बदाममा पनि धेरै प्रकारका पोषक तत्त्व पाइन्छन् । जस्तै सोडियम, पोटासियम, क्याल्सियम, फाइबर, तथा भिटामिन ‘सी’ आदि । यसको सेवनले हड्डी बलियो हुनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ । हड्डीलाई स्वस्थ राख्नका लागि दिनभरमा ४ देखि ५ वटा बदाम खानुहोस् । यसले पाचन प्रक्रिया पनि बलियो हुन्छ ।

दही

दहीलाई पनि दूधको स्थानमा राखेर सेवन गर्न सकिन्छ । दहीमा पनि शरीरलाई चाहिने विभिन्न पोषक तत्त्वहरू पाइन्छन् । दहीका लागि भने यसलाई सकेसम्म बिहानमा सेवन गर्दा राम्रो हुन्छ । जसरी हामीले दूधलाई रातको समयमा पनि पिउँछौं भने दहीलाई रातमा खानु त्यति फाइदाजनक हुँदैन ।

हरियो साग तथा तरकारी

हरियो पात भएका तरकारी तथा सागहरूको सेवन पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा दूध, दही, माछा मासु आदिबाट पाइने खालका तत्त्वहरू पनि समावेश हुन्छन् । सबैखाले तरकारीहरूको दैनिक सेवनले शरीरमा चाहिने सम्पूर्ण पोषक तत्त्व प्राप्त गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved