हरियो खुर्सानी : स्वास्थ्यका लागि निकै फाइदाजनक

नेपालभ्युज

हरियो खुर्सानी : स्वास्थ्यका लागि निकै फाइदाजनक

एजेन्सी । खानामा हरियो खुर्सानीको प्रयोग मुख्यरूपमा त स्वाद बढाउनका लागि गरिन्छ । तर, यो स्वाद बढाउन मात्र नभई शरीरका लागि पनि धेरै फाइदाजनक हुने गर्छ । आउनुहोस् हरियो खुर्सानीको सेवनले हुने फाइदाबारे जानौं : –

– हरियो खुर्सानीमा धेरै प्रकारका पोषक तत्व हुन्छन् जस्तै भिटामिन ए, बी ६, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेट आदि । यसको सेवनले मानसिक स्वास्थ्यमा पनि सुधार आउँछ र ब्याक्टेरियल इन्फेक्सनको खतरा कम हुन्छ ।

– हरियो खुर्सानीको सेवन गर्नाले रगतमा सुगरको मात्रा नियन्त्रण गर्न मद्धत पुग्छ । यो मधुमेहका रोगीका लागि फाइदाजनक हुन्छ ।

– हरियो खुर्सानीले इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ । यसमा एन्टिब्याक्टेरियल गुण पाइन्छ जसले गर्दा शरीरमा ब्याक्टेरिया सहजै सक्रिय हुन पाउँदैन ।

– दैनिक हरियो खुर्सानी खानाले तपाईंको शरीर तथा छालामा पनि ग्लो आउँछ । किनकि, हरियो खुर्सानीमा भिटामिन ‘सी’ जस्ता एन्टिअक्सिडेन्ट पाइन्छ जसले छालामा ग्लो दिने काम गर्छ ।

– हरियो खुर्सानी तौल कम गर्नका लागि पनि राम्रो हुन्छ । यसमा क्यालोरी एकदमै थोरै मात्रामा हुन्छ जसले तौल कम गर्न सहयोग गर्छ ।

– हरियो खुर्सानीले पाचन शक्ति पनि बढाउँछ, किनकि यसमा डाइट्री फाइबरको मात्रा भरिपूर्ण हुन्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved