यसरी छान्नुहोस् सही ‘पीनट बटर’

नेपालभ्युज

यसरी छान्नुहोस् सही ‘पीनट बटर’

एजेन्सी । पीनट बटरको चलन अहिले एकदमै बढ्दो छ । यसका कैयौं स्वास्थ्य लाभ पनि हुन्छन् । साथमा केही नोक्सान पनि हुन्छन् । बजारमा विभिन्न प्रकारका पीनट बटरहरू पाइन्छन् ।

तपाईंले सही र पूर्णरूपमा शुद्ध पीनट बटर छानेर सेवन गर्नुभयो भने त्यसबाट सहीरूपमा लाभ पाउन सकिन्छ । तपाईंले यस्तो पीनट बटर छान्नुहोस्, जसमा छुट्टै चिनीको मिसावट नगरिएको होस् ।

बदामबाट पाइने सबैखाले पोषण पाउने खालको पीनट बटर नै छान्नुपर्छ । जसमा चिनीको मिसावट भएको हुनुहुँदैन ।
यसमा अतिरिक्त नुन पनि मिसाएको हुनुहुँदैन । प्राकृतिकरूपमा नै मुंगफलीको कारणले हुने नुनिलो छ त्यति मात्र ठिक हुन्छ । यसमा अतिरिक्त सोडियम मिसाएको पनि नहोस् त्यसको ध्यान दिनुपर्छ ।

साथमा यसमा अतिरिक्त तेल पनि भएको हुनुहुँदैन । जति नै मुंगफलीबाट आएको तेल हुन्छ त्यो मात्र प्रयोग गर्नुपर्छ । अतिरिक्त तेलले कोलेस्ट्रोल बढाउने सम्भावना हुन्छ ।

पीनट बटरसँग तपाईंले खजुर वा चकलेट लिन सक्नुहुन्छ । विभिन्न स्वाद भएका पिनट बटर पनि त्यति खराब नै त हुँदैनन् तर त्यसमा मात्राको विशेष ध्यान दिनुपर्ने हुन्छ ।

पीनट बटरका फाइदा र नोक्सान

-पीनट बटरमा कैयौं फाइदा तथा नोक्सानहरू हुन सक्छन् ।
– यदी तपाईं अतिरिक्त तेल तथा चिनी नभएको पीनट बटरको सेवन गरिरहनुभएको छ भने यसले मुटुसँग जोडिएका समस्याहरूबाट बचाव गर्न सक्छ । साथमा यो मधुमेह कम गर्नका लागि पनि सहयोगी हुन्छ ।
– यो प्राकृतिक ऊर्जाको एउटा राम्रो स्रोत हो । यसबाट तपाईंले दिनभर प्रर्याप्त ऊर्जा पाउन सक्नुहुन्छ । साथमा यो पेटका लागि पनि राम्रो हुन्छ ।
– यूरिक एसिडको समस्या तथा छालासँग जोडिएका समस्यामा यसले कैयौंपटक नोक्सान पनि पुर्‍याउन सक्छ ।
– जो व्यक्तिलाई छिट्टै वान्ता तथा वाकवाकी हुन्छ त्यस्ता व्यक्तिले यसको थोरै मात्रामा प्रयोग गर्नुपर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved