विजयनगरका वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालभ्युज

विजयनगरका वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका– ४ का वडाध्यक्ष तिलकराम कंडेलसहित ३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो ।

गाउँपालिकालाई बुझाउनुपर्ने रकम नबुझाइ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले वडाअध्यक्ष कंडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेकोमा ऐ।दफा १७ ले निर्देश गरेबमोजिम उनलाई उल्लेखित कसुरमा विगो छ लाख दश हजार कायम गरी जरिवाना माग गरेको छ ।

त्यसैगरी अख्तियारले पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदविरुद्ध पनि मुद्दा दर्ता गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved