तस्करका संरक्षकले सरकारलाई अप्ठेरोमा पार्न खोजिरहेछन् तर, हामी डराउँदैनौं- गृहमन्त्री

नेपालभ्युज

तस्करका संरक्षकले सरकारलाई अप्ठेरोमा पार्न खोजिरहेछन् तर, हामी डराउँदैनौं- गृहमन्त्री
फाइल तस्वीर

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकले सरकारलाई नै अप्ठ्यारोमा पार्न खोजेको बताएका छन्।

सरकारले चलाएको सुशासन अभियानबाट डराएकाहरुले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको उनको भनाइ छ।

‘सरकारविरुद्ध गम्भीर घेराबन्दी भइरहेको छ’, गोरखामा आयोजित एक कार्यक्रममा गृहमन्त्री श्रेष्ठले भने, ‘सुशासनको अभियान रोक्न धम्की पनि आइरहेको छ । तर हामीले अभियान रोक्ने कुरा हुँदैन।’

उनले जति दिन सरकारमा रहे पनि जनताकै पक्षमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले भने, ‘हामी पदका लागि गएका होइनौं, देश र जनताको सेवा गर्न गएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौं, सुशासनको अभियान रोकिन्न ।’

सरकार सुशासनको पक्षमा दृढ रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved