सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ पक्राउ

नेपालभ्युज

सुन तस्करी प्रकरण : थप चारजना चिनियाँ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सीआईबीले  उनीहरुलाई बुधबार पक्राउ गरेको हो । सीआइबीका अनुसार पक्राउ पर्नेमा पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेङकाई छन्।

पक्राउ परेकालाई बुधबार नै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर हिरासतमा राखिएको छ । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

विमानस्थलबाट पास भइसकेको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरेको थियो । तस्करीको सुन गालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved