सत्ता गठबन्धनको बैठक सकियो, संसद् खुलाउन थप पहल गर्ने

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक सकियो, संसद् खुलाउन थप पहल गर्ने

काठमाडौं। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको संसद् अवरोध खुलाउन थप पहल गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको बैठकले संसद् खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved