महिनावारीमा मुड स्वींग हुन नदिने उपाए 

नेपालभ्युज

महिनावारीमा मुड स्वींग हुन नदिने उपाए 

एजेन्सी । महिलाहरुलाई महिनावारीका बेला ३–४ दिन एकदमै दुखाई तथा समस्यापूर्ण हुन्छन् । यसक्रममा उनीहरुलाई मुड स्वींग हुने समस्या पनि हुन्छ । यस्तोमा हामीले केही टिप्स बताउन गइरहेका छौं जसबाट तपाईं आफ्नो मुड ठिक गर्न सक्नुहुन्छ ।

– महिनावारीका क्रममा हुने मुड स्वींगलाई व्यवस्थापन गर्नका लागि तपाईं आफ्नो खानपानलाई बदल्न सक्नुहुन्छ । यसक्रममा तपाईंले फोलिक एसिड, भिटामिन बी तथा आइरनले भरिपूर्ण चिजहरुको सेवन गर्नु पर्दछ ।

– आफ्नो मुड ठिक राख्नका लागि तपाईं बेसार चिया पिउन सक्नुहुन्छ । यसमा पाइने करक्यूमिनले दुखाईबाट राहत दिने काम गर्छ । साथै मुडलाई पनि ठिक राख्छ ।

– महिनावारीमा पूरा निद्रा लिनुहोस् । यसो गर्नाले शरीरमा ह्याप्पी हर्मोन बढ्छन्, जसले गर्दा तपाईंको मुड ठिक रहन्छ ।

– कैयौंपटक शारीरिक समस्याहरुले गर्दा पनि मुड खराब हुने गर्छ । यस्तोमा क्याल्सियम तथा म्याग्नेशियम सप्लीमेन्ट्सको सेवन पनि गर्न सकिन्छ ।

– महिनावारीका बेला कुनै पनि चीजको बारेमा धेरै सोच्दा तपाईंको मुड खराब हुन सक्छ । त्यसैले स्ट्रेस कत्ति पनि लिनु हुँदैन ।

– तनावलाई कम गर्नका लागि तपाईं आराम गर्नुका साथै ध्यान तथा योगहरु पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले इमोशनल सन्तुलन राम्रो हुन्छ ।

– तपाईं आफ्नो मुड ठिक गर्नका लागि मेडिटेशन तथा व्यायाम पनि गर्न सकिन्छ । यसो गर्नाले सेरोटोनिन र डोपामाइन रिलीज हुन्छ । जसले मुड राम्रो रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved