सुन तस्करी प्रकरणमा व्यापारी अडुकियाका छोरा रोहन पक्राउ

नेपालभ्युज

सुन तस्करी प्रकरणमा व्यापारी अडुकियाका छोरा रोहन पक्राउ

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया पक्राउ परेका छन् । नेपाल प्रहरीले अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

नयाँ दिल्लीबाट काठमाडौं अवतरण गर्नेबित्तिकै प्रहरीले उनलाई नियन्त्रण्मा लिएको हो ।

यसअघि सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।

सुन तस्करी प्रकरणमा आजै सिआईबीले दुईजना चिनियाँ नागरिकलाई पनि विमानस्थलबाटै पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved