नक्कली प्रमाणपत्र विरुद्धको कारबाही : इशान बाल अस्पतालकी डाक्टर शिल्पकार पक्राउ

नेपालभ्युज

नक्कली प्रमाणपत्र विरुद्धको कारबाही : इशान बाल अस्पतालकी डाक्टर शिल्पकार पक्राउ

काठमाडौं । नक्कली प्रमाणपत्रविरुद्धको कारबाहीका क्रममा प्रहरीले थप एक जना चिकित्सकलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) चलाएको अपरेशन फोक्सट्रोट चार्ली अन्तर्गत आज इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ  गरेको हो  ।  यो सँगै पक्राउ पर्नेको संख्या ६ पुगेको हो ।

ब्युरोले बिहीबार यसमा कांग्रेसका सांसद सुनिल शर्मासहित ५ जनालाई पक्राउ  गरेको थियो ।

महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved