अग्नि सापकोटाको पत्रकार सम्मेलन-ल्हारक्यालबारे टिप्पणीविहीन, सुशासनमा जोड

नेपालभ्युज

अग्नि सापकोटाको पत्रकार सम्मेलन-ल्हारक्यालबारे टिप्पणीविहीन, सुशासनमा जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी प्रवक्ता अग्नि सापकोटाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्याल लामाबारे ‘कुनै टिप्पणी नगर्ने’ बताएका छन् ।

पार्टी प्रवक्ताको जिम्मेवारी पाएसँगै सुरु भएको ‘प्रवक्तासँग पत्रकार’ कार्यक्रममा उपाध्यक्ष सापकोटाले ल्हारक्यालबारे टिप्पणी गर्न नचाहेका हुन् ।

पत्रकारले ल्हारक्यालको नियुक्तिबारे जिज्ञासा राखेपछि सापकोटाले यस्तो प्रतिक्रिया दिएका हुन् । पत्रकार सम्मेलनमा सापकोटाले अहिलेको सरकार सुशासनका लागि दृढ रहेको पनि बताए ।

सय किलो सुन तस्करी प्रकरणमा सरकारका निकायले निष्पक्ष छानबिन गरिरहेको उनको भनाइ थियो । उनले पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले पनि सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेको बताए ।

उनले मुलुक समृद्धिका चार आधार प्रस्तुत गरे । कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग धन्दा एवम् औद्योगीकरण, राष्ट्रिय सुरक्षा, विज्ञान र प्रविधिमा विशेष जोड दिनुपर्ने सापकोटाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved