एजेन्सी । जीवनसाथीले यदि तपाईंलाई सुखदुखमा साथ दिन्छ भने जीवन एकदमै खुशियालीमा बित्छ ।
तर यस्तो हुँदैन भने एक दिन काट्न पनि मुश्किल हुन थाल्छ । हो, यस्तो हुन सक्छ, तपाईं वैवाहिक जीवन राम्रो चलिरहेको छ र तपाईंको श्रीमानले भुलबस तपाईंलाई केही बोल्नुहुन्छ जो तपाईंलाई नराम्रो लाग्छ ।
यदि त्यस्तो भुलेर वा अनजानमा गरेको छ भने बुझ्न सकिन्छ तर जानीबुझी गरिएको छ भने यो एकदमै ठूलो समस्या हुन सक्छ । मौखिक दुर्व्यवहार झेल्नु सजिलो हुँदैन । र त्यसलाई बेवास्ता गरेर अघि बढ्न पनि गाह्रो हुन्छ ।
कैयौंपटक कुनै सम्बन्धमा बाहिरी रुपमा सबै राम्रो देखिन्छ तर भित्री समस्याको बारेमा धेरैलाई थाहा हुँदैन । यस्तोबेला हामीले फसेको महसुस गर्छौं ।
यदि श्रीमानले पटक-पटक कुनै कुरा भन्छन् जसले तपाईंको भावनामा चोट पुग्छ भने त्यसले धेरै दिनसम्म मन दुखाउँछ ।
यस्तो भइरहेको छ भने केही उपाय अपनाएर तपाईंले सम्बन्धलाई राम्रो र सुमधुर बनाउन सक्नुहुन्छ ।
-भर्वल एब्यूज (मौखिक दुर्व्यवहार) कस्तो हुन्छ
– पटकपटक तपाईंलाई नराम्रो मात्र भन्नु
– तपाईंको साना साना काममा कमी तथा गल्ती निकाल्नु
– तपाईंको व्यक्तिगत समयलाई पनि ध्यान नदिनु
– हरेक कुरामा केही पिन्च गरेर भन्नु
– तपाईंको कुनै पनि कुरालाई क्रेटिड नदिनु
यस्तो खालको व्यवहार यदि तपाईंको श्रीमान वा जीवनसाथीबाट भइरहेको छ भने त्यसलाई केही उपाय अपनाएर ठिक गर्न सकिन्छ । कतिपय अवस्थामा गलत बुझाईले पनि सम्बन्ध बिग्रन सक्छ । त्यसैले बेलैमा विभिन्न उपाय अपनाउन सकिन्छ ।
यस्तो समस्यामा सही समय हेरेर श्रीमानसँग कुरा गर्न सकिन्छ । यदि उनले तपाईंको भावनामा चोट पुर्याउँछन् भने तुरुन्तै यसबारेमा उनलाई भन्न सक्नुहुन्छ । जसले गर्दा कुरा त्यहीँ सकिन्छ, उनलाई पनि आफ्नो गल्ती महसुस हुन्छ ।
इशाराको साटो राम्रोसँग बोलरै कुरा गर्दा राम्रो हुन्छ । कुनै कुरामा रिसाइरहनु भन्दा मुखले नै भन्दा त्यो प्रभावकारी हुन्छ । कतिपय अवस्थामा रिसाएर वा चिन्ता लिएर मात्र बस्दा उसलाई पनि आफ्नो गल्ती महसुस नहुन सक्छ ।
आफूलाई मन पर्ने कुरा र मन नपर्ने कुरा स्पष्ट रुपमा श्रीमानसँग भन्नुहोस् । यसले यो थाहा हुन्छ कि तपाईंलाई कसरी व्यवहार गर्ने भनेर । यस्तो कुरा मन पर्दैन भन्ने थाहा भएपछि अगाडिको व्यक्तिले पनि त्यस्तो गर्दैन ।
कुनै पनि कुरा सीमा नाघेर गर्नु राम्रो हुँदैन । त्यसैले आफ्ना सीमा बारे श्रीमानलाई खुलेर भन्नुहोस् । यो भन्दा धेरै मलाई मन पर्दैन भनेर स्पष्ट रुपमा कुरा गर्दा सजिलो हुन्छ ।
यदि सबै उपाय गर्दा पनि तपाईंलाई सधैं बेइज्जत गर्ने वा भावनामा चोट पुर्याइरहेको जस्तो लाग्छ भने यस्तो सम्बन्धमा बसिरहनु नै गलत हुन्छ । यस्तो तितो सम्बन्धलाई समयमै तोड्नु बाहेकको विकल्प हुँदैन ।
हरेक कुराको सीमा हुन्छ सीमा नाघेर अन्याय सहनु पनि गलत हो ।
Facebook Comment
Comment