हामीले गरेका नराम्रा कामको दोष व्यवस्थालाई बोकाउनु हुन्न- सरकारकी प्रवक्ता

नेपालभ्युज

हामीले गरेका नराम्रा कामको दोष व्यवस्थालाई बोकाउनु हुन्न- सरकारकी प्रवक्ता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सरकार सञ्चालकहरुले गरेका नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउन नहुने बताएकी छिन् ।

प्रेस काउन्सिल नेपालले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले गणतान्त्रिक व्यवस्था आफैंमा राम्रो भएपनि सरकारका केही खराब कामका कारण व्यवस्थामाथि नै प्रहार भइरहेको बताइन् ।

व्यवस्था र व्यवस्था सञ्चालन फरक–फरक कुरा भएको भन्दै उनले व्यक्तिले गरेका गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने धारणा राखेकी हुन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ र राम्रो लोकतान्त्रिक गणतन्त्र भएको भन्दै यसैलाई सुदृढ बनाउनका लागि मिडियाले पनि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री शर्माले सामाजिक सञ्जालका कारण कतिपय मान्छेहरुको आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताइन् । सरकारले नियमावली बनाएर भएपनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved