देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, केही क्षेत्रमा हावाहुरी र भारी वर्षा

नेपालभ्युज

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, केही क्षेत्रमा हावाहुरी र भारी वर्षा

काठमाडौं। मनसुन सक्रिय रहेका कारण देशका धेरै ठाउँमा आज सोमबार पानी पर्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा ( सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित  रहेको  छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved