मधेससहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

मधेससहित ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौंमा । नेपालमा मनसुन सबैतिर सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली को  प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर  स्थान  भन्दा  उत्तरतिर  अवस्थित  रहेको महाशाखाले जनाएको  छ।

दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र  मधेश  प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति  देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि संभावना रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved