यौन ऊर्जाको केन्द्र हो : डा. पोखरेल

नेपालभ्युज

यौन ऊर्जाको केन्द्र हो : डा. पोखरेल

काठमाडौं । यौन रोग विशेषज्ञहरुले आम मानिसहरुलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको बारे उमेर अनुसारको शिक्षा दिनुपर्ने बताए । ‘यौन एउटा ऊर्जाको केन्द्र मानिंदै आएको छ’ उनले भने, ‘यौन भनेको ऊर्जा संकलन गर्ने पनि हो र ऊर्जालाई क्षय गर्ने माध्यम पनि हो ।’

डा.पोखरेलले मानवीय यौनिकता बहुआयामिक विषय भएको बताए । ‘एउटा व्यक्तिलाई शारीरिक रुपमा तन्दुरुस्त हुन सेक्सुअल फिटनेस चाहिन्छ’ डा. पोखरेलले भने, ‘मानसिक रूपमा स्वस्थ हुनका लागि स्वस्थ यौन जीवन उसको परिवार, परिवेश, समुदाय र राष्ट्रकै लागि आवश्यक छ ।’

यौन समस्याको बारेमा समयमा नै बुझाउन नसके यसले दुर्घटना निम्त्याउन सक्ने बताए । ‘महिनावारी के हो ? हार्मोन के हो ? सेनेटरी प्याडको प्रयोग किन गर्ने ? कसरी गर्ने ? हस्तमैथुन के हो ? स्वप्न दोष के हो ? विपरित लिंगी प्रतिको आकर्षण के हो ? लगायतका विषयमा बुझाउन जरुरी छ’ उनले भने, ‘समयमा बुझाएनौं भने दुर्घटना हुनसक्छ ।’

नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुअलीटिका संस्थापक अध्यक्ष समेत रहेका डा. पोखरेलले यौन मनोविज्ञानका विभिन्न पक्षबारे कृतिमा समेटिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved