अब अरु भ्रष्टाचारका फाइल खुल्ने मन्त्री मोदीको खुलासा

नेपालभ्युज

अब अरु भ्रष्टाचारका फाइल खुल्ने मन्त्री मोदीको खुलासा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री मोदीले सरकारले भ्रष्टाचारका अन्य प्रकरणहरुमा पनि छानबिन गर्ने बताएका हुन् ।

नक्कली भूटानी शरणार्थी प्रकरण, ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणको निष्पक्ष तरिकाले छानबिन गरिरहेको भन्दै उनले आगामी दिनमा अरु भ्रष्टाचारको पनि फाइल खुल्ने बताएका हुन् ।

उनले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

सरकारले आफ्ना नजिककालाई बचाउने र अर्काका मान्छेलाई कारबाही गर्ने नीति नलिएको उनको भनाइ छ ।

उनले मन्त्री मोदीले स्थानीय तहहरु निमित्तको भरमा चलाउने कुराको अन्त्य गर्न लागेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved