एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

नेपालभ्युज

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै एमालेले आजको राष्ट्रियसभा बैठकमा अवरोध गरेको हो ।

एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक स्थगित गरेका हुन् ।

एमालेले सोही माग राख्दै प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरिरहेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक साउन २२ गतेका लागि बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved