रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भुमिका छैनः सचिव मरासिनी

नेपालभ्युज

रासायनिक मलको वितरणमा उद्योग मन्त्रालयको कुनै भुमिका छैनः सचिव मरासिनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रासायनिक मलको वितरणमा आपूर्ति मन्त्रालयको कुनै भुमिका नभएको बताएका छन् ।

सोमवार बसेको अर्थसमिति बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताएका  हुन् । उनले मन्त्रालय मातहतमा रहेको साल्ट ट्रेडिङले नेपालमा आयात हुने मध्ये ३० प्रतिशत आयात गर्ने नीति अनुसार साल्ट ट्रेडिङले मल आयात गर्ने गरेको बताए ।

उनले कृषि मन्त्रालयको समितिले नै कुन प्रदेशलाई कति मल पठाउने निर्णय गर्ने बताए । सचिव मरासिनीले भारतबाट जिटुजीमार्फत पेट्रोलियम पदार्थ जस्तो रासायनिक मल खरिद गर्न सम्भव नभएको बताए । उनले भारतले पनि बाहिरबाट नै रासायनिक मल आयात गर्ने गरेको बताए ।

उनले मल कारखाना स्थापना गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयको नभएको बताए। उनले उद्योग मन्त्रालयले रासायनिक भन्दा पनि प्राङ्गरिक मलमा जोड दिने वा रैथाने बालीहरु कोदो,फापर,मकैमा जोड दिने नीति रहेको बताए ।

उनले भने, ‘उद्योग तथा आपूर्ति मन्त्रालय अन्तर्गतको साल्ट ट्रेडिङले नेपालमा आयात हुने मध्ये ३० प्रतिशत आयात गर्ने नीति रहेको छ । त्यो पाएको जिम्मेवारी अनुसार साल्ट ट्रेडिङले मल आयात गरेर नेपाल भित्र्याएको छ । त्यसको रिपोर्टिङ कृषि मन्त्रालयलाई गर्छौं । कृषि मन्त्रालयको समितिले नै कुन प्रदेशलाई कति मल पठाउने निर्णय गर्छ ।’

‘कृषि मलको वितरणमा उद्योग तथा आपूर्ति मन्त्रालयको कुनैपनि रोल छैन । यसमा कोही भ्रममा नपर्नु होला । भोलिको दिनमा सरकारले के गर्छ यो आजको कुरा हो । भारतबाट जिटुजीमार्फत पेट्रोलियम पदार्थ जस्तो रासायनिक मल खरिद गर्न सम्भव छैन’ उनले भने, ‘भारतले पनि बाहिरबाट नै रासायनिक मल आयात गर्ने गरेको छ । मल कारखाना स्थापना गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयको होइन । ‘

उनले भारतले चामल निकासीमा प्रतिवन्ध लगाएको बताए । उनले भारतले चामल निकासीमा प्रतिवन्ध लगाउँदा नेपाली बजारमा मूल्य बढ्न शुरु भएको बताए । उनले नेपालीहरुको खानपान बानी व्यवहारमा परिवर्तन गर्नु आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved